नेपालको मौसममा कुनै प्रणालीको प्रभाव छैन, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भने वर्षाको सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ। हिजोबाट नेपालबाट मनसुन बाहिरिएसँगै कुनै पनि प्रणालीको प्रभाव नेपालमा नरहेको हो।
यतिबेला देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
असोज ३१, २०७९ सोमबार ०७:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।