कार्तिक ५ गतेभित्र जरिवाना नबुझाए बन्दसूचीबाट नाम हटाउने आयाेगकाे चेनावनी

कार्तिक ५ गतेभित्र जरिवाना नबुझाए बन्दसूचीबाट नाम हटाउने आयाेगकाे चेनावनी

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ मा उम्मेदवार भएर तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारहरूले कार्तिक ५ गतेभित्र जरिवाना बुझाउन निर्देशन दिएको छ।

आयोगले आइतबार एक सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेको बन्दसूचीमा समावेश भएको भए जरिवाना नबुझाउने उम्मेदवारको नाम बन्दसूचीबाट हटाइने चेतावनी दिएको छ।

त्यस्ता उम्मेदवारहरूले आफूलाई लागेको जरिवाना बापतको रकम उम्मेदवारहरूको योग्यता सम्बन्धी दाबी विरोधको निवेदन उपर जाँचबुझ गर्ने समयसीमा कात्तिक ५ गते कार्यालय समयभित्र बुझाएमा जरिवाना असुलउपर भएको कायम गरी कानून बमोजिम गर्न निर्देशन दिएको छ।

यसैगरी जरिवाना वापतको रकम नबुझाउने उम्मेदवारहरूको हकमा बन्दसूचीबाट नाम हटाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय आयोगले गरेको छ।

समानुपातिक बन्द सूचीमा नाम समावेश भएका ४३९ ले जरिवाना बुझाउन बाँकी छ।

असोज ३०, २०७९ आइतबार २१:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।