गच्छदार, गिरी र शाहसहित ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै परेको रिट खारेज

गच्छदार, गिरी र शाहसहित ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै परेको रिट खारेज

काठमाडौं : विजयकुमार गच्छदार, सरिता गिरी र प्रभु शाहसहित ९ जनाविरुद्ध परेको रिट खारेज भएको छ ।

गच्छदार, गिरी, शाहसति बिक्रम पाण्डे, गोविन्दराज जोशी, डिबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, टेकबहादुर गुरुङ, लक्ष्मी महतो र गगन भन्ने रेवतीराज पुरीविरुद्ध दर्ता गरेका रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खारेज गरेको हो।

अधिवक्ता अनिल आचार्यले विभिन्न फौजदारी मुद्दाका आरोप लागेका नेताहरू प्रतिनिधि सभा चुनावमा उम्मेदवार बनेको भन्दै सर्वोच्चमा रिट दिएका थिए।

भ्रष्ट्राचार, ज्यान मार्ने उद्योग, हत्या, विवादित अभिव्यक्ति, सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दा खेपिरहेकाहरूलाई उम्मेदवार खारेज नगरिएको भन्दै अधिवक्ता आचार्यले रिट दर्ता गरेका थिए।

असोज ३०, २०७९ आइतबार २१:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।