महिला बास्केटबलमा सुदुरपश्चिम विजयी

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला बास्केटबलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ।
आइतबार तनहुँ दमौलीको निर्मल मावि स्कुलको बास्केटबल कोर्टमा भएको खेलमा मधेश प्रदेशलाई ४५–२१ अन्तरमा सुदूरपश्चिम विजयी भएको हो।
प्रतियोगिताको पहिलो चरणमा सुदूरपश्चिमले १२–३ को अन्तर बनाएको हो। दोस्रो प्रतियोगितामा ११–७ को अन्तर बनाएको थियो। तेस्रो चरणमा भने निकै प्रतिस्पर्धात्मक खेल प्रर्दशन गर्दे दुवै टिमले ६–६ अंक जोडेका थिए।
अन्तिम चरणमा भने सुदूपश्चिमले उत्कृष्ट प्रर्दशन गरि १६–५ को अंक जोड्दै मधेस प्रदेशलाई पराजित गरको हो। यसअघि सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश आर्मीसँग पराजित भएका थिए।
असोज ३०, २०७९ आइतबार २१:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।