निर्वाचन संहिता मिच्दै देउवाले मागे ‌ओनसरीको भोट

निर्वाचन संहिता मिच्दै देउवाले मागे ‌ओनसरीको भोट

काठमाडौं : आफ्नो क्षेत्र बाहेक अन्यत्र चुनाव प्रचार गर्न नपाउने निर्वाचन संहिता उलङ्घन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनबाट काठमाडौँ क्षेत्र नम्बर २ मा उम्मेदवार बनेकी ओनसरी घर्तीको पक्षमा मत मागेका छन्।

आइतबार काठमाडौं–२ मा गठबन्धनले गरेको प्रशिक्षण कार्यक्रममा देउवा पनि सहभागी थिए। उनले घर्ती सभामुख हुँदा पार्टीको नेताका रूपमा भन्दा पनि निष्पक्ष भूमिका निर्वाह गरेको भन्दै उनको पक्षमा मत मागेका थिए।

ओनसरी सुरुमा सभामुख हुँदा चलाउन सक्लिन् र भन्ने शङ्का लागेको तर कुशलताका साथ काम गरेको दाबी गर्दै माओवादी केन्द्रबाट निर्वाचित भए पनि पार्टीको मात्र भएर काम नगरेको बताएका थिए।

उनले ओनसरी सच्चा लोकतन्त्रवादी र निष्पक्ष सभामुखको भूमिकामा रहेको भन्दै प्रशंसा गर्दै क्षेत्र नम्बर २ का मतदातालाई ओनसरीलाई जिताउन आग्रह गरेका थिए।

निर्वाचन आचार संहिता अनुसार प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्र बाहेक अन्यत्र निर्वाचन प्रचार गर्न नपाउने उल्लेख छ। सो अनुसार देउवाले डडेलधुरा बाहिर गर्ने प्रचार संहिता विपरीत हो।

असोज ३०, २०७९ आइतबार १८:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।