नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : भारोत्तोलनमा पुलिसलाई पहिलो स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : भारोत्तोलनमा पुलिसलाई पहिलो स्वर्ण

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको खेलमा भारोत्तोलनमा पहिलो स्वर्ण नेपाल पुलिस क्लबले जितेको छ।

आइतबारदेखि पोखरा उद्योग वाणिज्य संघको हलमा सुरु प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा हिरामोती थारुले नेपाल पुलिसलाई भारोत्तोलनबाट पहिलो स्वर्ण दिलाएकी हुन्। उनले स्न्याचतर्फ ५० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११५ केजी भार उठाएकी हुन्।

त्यस्तै, एपिएफकी लीला राईले रजत र मधेश प्रदेशकी अम्बिकाकुमारी यादवले कास्य जित्न सफल भइन्। लीलाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी र अम्बिकाले न्याचतर्फ ३५ र क्लीन एण्ड जर्कमा ४० गरी कुल ७५ केजी भार बहन गरेका थिए।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी १०–१० इभेन्टमा खेल हुनेछ। जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए।

प्रतियोगितामा २० स्वर्ण, २० रजत र २० कास्य पदकका लागि खेल हुने छन्। पहिलो दिन पुरुष ५५, महिला ४९ र पुरुष ६१ केजी तौल समूहका खेल हुने जनाइएको छ।

असोज ३०, २०७९ आइतबार १८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।