रुपन्देही २ मा राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश

काठमाडौं : आगामी मंसिर ४ गतेको निर्वाचनमा रुपन्देही २ मा सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।
न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले अन्तरिम आदेशका लागि छलफल गर्न बोलाउँदै अल्पकालीन अन्तरिम आदेश दिएको हो।
निर्वाचन आयोगले बैंकिङ कसूरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो। त्यसका विरुद्धमा गुरुङ सर्वोच्च अदालत गएका थिए।
सो क्षेत्रमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन्।
असोज ३०, २०७९ आइतबार १७:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।