नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : एपिएफ र आर्मी महिला भलिबलको क्वाटर फाइनल प्रवेश

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा जारी महिला भलिबलमा सशस्त्र प्रहरीको एपिएफले ३–१ को सेटमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।
लिक कम नकआउट वेष्ट अफ फाइभ सिस्टममा खेलाइएको खेलको पहिलो, तेस्रो र चौथो सेटमा शसस्त्र जित हाल पारेको हो। आर्मीले दोस्रो सेटमा मात्र जित्यो।
विनिता बुढाथोकीको कप्तानीमा मैदानमा उत्रिएको सशस्त्रले सेनालाई पहिलो सेट २५–२०, तेस्रो २५–२१ र चौथो सेट २५–२३ मा पराजित गरेको थियो ।
सशस्त्रका विरुद्ध २५–१९ ले दोस्रो सेट जितेको मनिषा खाँणको नेतृत्वमा रहेको सेनाको टोलीले उत्कृष्ट प्रर्दशन र कडा प्रतिस्पर्धा गरे पनि तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्न सकेन।
तीन टिम रहेको समूह ‘ए’बाट सशस्त्र र त्रिभुवन आर्मी क्वाटर फाइनल प्रवेश गरेको छ।
क्वाटर फाइनलमा समूह ‘ए’को बिजेता शसस्त्र र समुह ‘सि’ को उपविजेता लुम्बनी प्रदेश भिड्ने भएका छन्। यसैगरी समूह ‘सी’ को विजेता नेपाल पुलिस क्लब समूह ‘ए’को उपविजेता सेनासँग प्रतिस्पर्धा गर्नेछ।
सात प्रदेश र तीन वटा विभागीय टिम सहभागी प्रतियोगितामा कर्णाली प्रदेश पहिलो चरणबाटै बाहिरिएको छ।
असोज ३०, २०७९ आइतबार १७:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।