खेलाडीकाे मृत्युपछि सरकारले बन्द गर्‍याे देशभरकाे प्याराग्लाइडिङ उडान

खेलाडीकाे मृत्युपछि सरकारले बन्द गर्‍याे देशभरकाे प्याराग्लाइडिङ उडान

काठमाडौं : सरकारले देशभर सञ्चालनमा रहेका प्याराग्लाइडिङ उडान बन्द गर्न निर्देशन दिएको छ।

पोखरास्थित नवौं राष्ट्रिय खेलका क्रममा प्याराग्लाइइडिङ गर्दै गर्दा एकजना सहभागीको मृत्यु भएपछि नागरिक उड्डयन प्राधिकरणले अर्को सूचना जारी नभएसम्मकालागि देशभर प्याराग्लाइडिङ बन्द गराउन निर्देशन दिएको हो।

हवाई क्षेत्रसँग सम्बन्धित यो खेललाई थप व्यवस्थित बनाउनका तत्काल बन्द गर्ने निर्णय गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

असोज ३०, २०७९ आइतबार १७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।