जंगलमा गाडेको अवस्थामा भेटियो कक्षा ९ मा अध्ययनरत शरद र रोशनीको शव

जंगलमा गाडेको अवस्थामा भेटियो कक्षा ९ मा अध्ययनरत शरद र रोशनीको शव
सांकेतिक तस्बिर

बुटवल : दाङमा जंगलमा गाडेको अवस्थामा दुई जनाको शव फेला परेको छ।

तुलसीपुर उपमहानगरपालिका–१३ का शरद आचार्य र रोशनी महताराको शव जनकल्याण सामुदायिक वनमा गाडेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए।

शरद र रोशनी असोज २७ गते राति आ–आफ्नै घरबाट बेपत्ता भएका थिए। गाउँलेले जंगलमा खोज्ने क्रममा रोशनीको कपडा भेटेपछि प्रहरीलाई खबर गरेको र शवलाई निकालिएको हो।

उनीहरूको हत्या पश्चात खाल्डो खनेर गाडेको हुनसक्ने प्रहरीको अनुमान छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले घोराहीबाट एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको डिएसपी मल्ले बताए।

मृतक शरद र रोशनी स्थानीय अम्वापुर माविको ९ कक्षामा अध्यनरत थिए। दाङ प्रहरी प्रमुख एसपी बिरबहादुर वलीले घटनाका बारेमा गम्भीर भएर अनुसन्धान सुरु भएको जानकारी दिए।

असोज ३०, २०७९ आइतबार १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।