मन्त्री शशी श्रेष्ठ भन्छिन्, ‘जोशीजस्तो व्यक्तित्व पाउन धेरै युग कुर्नुपर्छ’

मन्त्री शशी श्रेष्ठ भन्छिन्, ‘जोशीजस्तो व्यक्तित्व पाउन धेरै युग कुर्नुपर्छ’

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले दिएको सुझावका आधारमा आफूले काम गरिरहेको बताएकी छन्।

आइतबार ललितपुर महानगरमा अन्तिम श्रद्धान्जली दिन पुगेकी मन्त्री श्रेष्ठले सरकारी, सार्वजनिक, गुठीका जग्गामा भएको अतिक्रमण, भूमाफियाहरूबाट भएको चलखेलबाट कसरी अघि बढ्ने भन्ने विषयमा जोशीबाट महत्त्वपूर्ण सुझाव लिएको र सो आधारमा कयौं कदम अघि बढाएको बताइन्।

आफूले असल र निस्वार्थ भावनाको अभिभावक गुमाएको बताउँदै उनले सिङ्गो मुलुकले बहुआयामिक प्रतिभाको खानीलाई गुमाएको बताइन्।

उनले थपिन्, ‘यस्तो व्यक्तित्व पाउने धेरै युग कुनुपर्छ।’

असोज ३०, २०७९ आइतबार १६:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।