जोशीले भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्याएको योगदान अतुलनीय : ईश्वर पोखरेल

काठमाडौं : एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको बताएका छन्।
जोशीलाई अन्तिम श्रद्धान्जली दिन ललितपुर महानगर परिसरमा पुगेका पोखरेलले जोशीलाई आफूले अभिभावकको रुपमा मानेको र देशलाई चिनाउन उनले गरेको योगदानको आधारमा उनको परिचय सधैं कायम रहने बताए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले जोशी र उनको परिवारको चाहनाले उहाँको शरीरलाई अध्ययनका लागि राखिने भएकाले त्यसमा थप टिप्पणी आवश्यक नरहेको बताए।
‘उहाँको भौतिक शरीर भन्दा पनि विचार, कृति र योगदानहरू भावी पुस्ताका लागि अत्यन्त मूल्यवान हुनेछ’, उनले भने।
आइतबार विहान मृत्यु भएका उनको शरीरलाई किष्ट मेडिकल कलेजमा राख्ने भएको छ। जोशीले आफ्नो शरीर मरणोप्रान्त किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई दान गरेका थिए।
असोज ३०, २०७९ आइतबार १५:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।