दराज क्लब अफर सुरू

दराज क्लब अफर सुरू

काठमाडौं : नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो नयाँ मेम्बरसिप कार्यक्रम दराज क्लब सुरु गरेको छ।

नयाँ सुविधामार्फत ग्राहकले दराज एपबाट विशेष लाभका साथै प्रत्येक किनमेलपछि जेम्स कमाउन सक्ने कम्पनीले जनाएको छ।

दराज क्लबको सदस्य बनेर ग्राहकले उच्च जेम्स रिडेम्पशन, थप पुरस्कार र विशेष भाउचरहरू लगायतका अन्य फाइदाहरू प्राप्त गर्नेछन्। 

यी सुविधाहरू बाट उनीहरूले आफ्ना अर्डरमा अतिरिक्त छुट प्राप्त गर्न र थप बचत गर्नसक्ने कम्पनीको दाबी छ। दराज क्लब आईओएस र एन्ड्रोइड दुबै प्लेटफर्ममा उपलब्ध छ। नयाँ सुविधाका लागि ग्राहकले एप अपडेट गर्नुपर्नेछ।

क्लबमा सामेल हुन ग्राहकले डिसेम्बर ३१, २०२२ सम्म कम्तिमा २५०० जेम्स सङ्कलन गर्नुपर्नेछ, जुन दराजमा किनमेल गरेर कमाउन सकिन्छ।

डिसेम्बर ३१ पछि, क्लबमा सामेल हुन आवश्यक पर्ने जेम्सहरूको न्यूनतम संख्या ३५०० पुर्याइनेछ भने दराज क्लबका सदस्यहरूले मात्र चेकआउटको समयमा छुटका लागि जेम्स प्रयोग गर्न सक्नेछन्।

असोज ३०, २०७९ आइतबार १५:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।