नेप्सेमा सामान्य गिरावट, एभरेष्ट बैंकमा लगानीकर्ता झुम्मिए

काठमाडौं : कारोबार हुने साताको पहिलो दिन शेयर बजारमा सामान्य गिरावट आएको छ।
आइतबार नेप्से परिसूचक ९ अंकले घटेर १८६० विन्दुमा आइपुग्दा क वर्गको कारोबार हेर्ने सेन्सेटिभ परिसूचक १ अंकले आरोलो लागेर ३६५ विन्दुमा छ।
नेप्से घटेसँगै कारोबारमा पनि गिरावट आएको छ। यसदिन २२१ कम्पनीका २५ लाख ७४ हजार ७८५ कित्ता शेयर ८० करोड ३५ लाख २५ हजारमा कारोबार भएको छ।
तेह्र उपसूचक समूहमध्ये बैंक र उत्पादन तथा प्रशोधनबाहेक कुनै पनि समूह बढेको छैन। सबैभन्दा बढि फाइनान्स समूह १.७८ प्रतिशतले घटेको छ।
यसदिन अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतल कमाउँदा अन्य कुनै कम्पनीमा पनि १० प्रतिशतको बढोत्तरी आएन। सबैभन्दा धेरै कारोबार भने एभरेष्ट बैंक लिमिटेडको भयो।
असोज ३०, २०७९ आइतबार १५:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।