थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा भएको १ हजार १६२ परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस अवधिमा ७ जना संक्रमणमुक्त हुँदा १९ हजार २४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
देशभर ६८८ जना सक्रिय संक्रमित हुँदा पछिल्लो २४ घण्टा एक जनाको पनि मृत्यु भएको छैन।
असोज ३०, २०७९ आइतबार १५:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।