नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटना, आर्मीका खेलाडीको मृत्यु

नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटना, आर्मीका खेलाडीको मृत्यु

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ।

आइतबार बिहान पोखरा सराङकोटबाट उडान भर्ने क्रममा प्रतियोगिताको प्रतिस्पर्धी नेपाल आार्मीका निशिम थापाको मृत्यु भएको हो। उनले प्याराग्लाइडिङ उडाएको केही समयमानै दुर्घटनामा परेको हो।

प्रतियोगिता अन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रिको खेल जारी रहेको अवस्थामा खेलाडी थापाले प्याराग्लाइडिङ उडाएको पोखरा–१८ सराङकोट स्थित एक निर्माणाधीन भवनमा खस्दा उनको मृत्यु भएको हो।

गोरखा पालुङटार घर भएका प्याराग्लाइडिङका खेलाडी थापा लामो समय देखि पोखरा १० मा बस्दै आएका थिए। उनी प्याराग्लाइडिङ खेलाडीहरूको छाता संस्था एफएआईका कम्पिटिशन वरीयता प्राप्त खेलाडी समेत हुन्। 

अहिले उनको शव पोष्टमार्टमका लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ। त्यसअघि उपचारका लागि भने मेट्रो अस्पतालमा लगिएको थियो।

थापाको मृत्युपछि आइतबार रहुने भनिएका प्याराग्लाइडिङतर्फका सबै खेलहरू रद्द भएको छ।

असोज ३०, २०७९ आइतबार १५:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।