निर्वाचनको मुखैमा शहरी विकास मन्त्रीद्वारा बाढी पीडितलाई १३ लाखको खाद्यान्न सहयोग

दाङ : निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा शहरी विकास मन्त्री मेटमणि चौधरीले देउखुरीका चार पालिकाका बाढी पीडितलाई करिब १३ लाख बराबरको खाद्यान्न सहयोग गरेका छन्।
डुबान क्षेत्रको अवलोकनपछि जनतालाई पहिलो चरणको सहयोग पुर्याउने उद्देश्यले देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल उपलब्ध गराइएको मन्त्री चौधरीले जानकारी दिए।
‘२०१८ साल पछिकै ठूलो बाढीले यहाँ ठूलो क्षति पुर्याएको छ,’ उनले भने, ‘थोरै भए पनि जनतालाई सहयोग होस् भनेर पालिका प्रमुखमार्फत राहत वितरण गर्न लागिएको हो।’
मन्त्री चौधरीले क्षतिको विवरण संकलन लगत्तै स्थानीय, प्रदेश र संघीय सरकारबाट पर्याप्त राहत उपलब्ध गराइने प्रतिबद्धता पनि जनाए।
असोज ३०, २०७९ आइतबार १४:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।