एकैदिन तोलामा एक हजारले सस्तो भयो सुनको मूल्य

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य सस्तिएको छ। आज एकैदिन तोलामा एक हजार रुपैयाँले सुनको मूल्य ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ९३ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्यमा प्रतितोला २५ रुपैयाँको गिरावट आएको छ। महासङ्घका अनुसार आज चाँदी तोलामा एक हजार १६० रुपैयाँ कायम भएको छ।
असोज ३०, २०७९ आइतबार १३:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।