जोशीको शव नजलाइने, श्रद्धाञ्जलीका लागि ललितपुर महानगर परिसरमा राखिने

जोशीको शव नजलाइने, श्रद्धाञ्जलीका लागि ललितपुर महानगर परिसरमा राखिने

काठमाडौं: आज बिहान निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीको शव नजलाइने भएको छ। आफू जीवित छँदै शरीर दान गरेका जोशीको शव दाहसंस्कार नगरी अध्ययनका लागि राखिने भएको छ।

किष्ट अस्पताल, परिवार र ललितपुर महानगरपालिकाबीच भएको छलफलपछि जोशीको शवमा शरीर नगल्ने केमिकल राखेर संरक्षण गर्ने निर्णय भएको हो।

आजै अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगर परिसरमा शवलाई राखिने भएको छ। दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्म उनको शव ललितपुर महानगरको प्राङ्गणमा राखिने छ। श्रद्धाञ्जली कार्यक्रम सकिएपछि उनको शव किष्ट अस्पताललाई हस्तान्तरण गरिनेछ।

किष्ट अस्पतालका प्रोफेसर डाक्टर किशोरसिंह बस्नेतले केमिकल प्रयोग गरी संरक्षण गरेर जोशीको शरीर अध्ययनका लागि अस्पताल परिसरमै राखिने बताए।

आज बिहान ७ बजेर ९ मिनेटमा १०३ वर्षकाे उमेरमा जोशीको निधन भएकाे थियाे।

असोज ३०, २०७९ आइतबार ११:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।