१० हजार मिटर दौडमा नेपाल आर्मीका दीपकले बनाए राष्ट्रिय कीर्तिमान

पोखरा: गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्।
दीपकले आइतबार बिहान पोखरा रंगशालामा भएको १० हजार मिटर दूरीको दौड ३० मिनेट १०.३० सेकेण्डमा पूरा गर्दै आठ वर्ष पुरानो कीर्तिमान तोडेका हुन्।
यसअघि सन् २०१४ मा चीनमा भएको इन्चोन एसियाडमा ३० मिनेट १०.९९ सेकेन्डमा १० हजार मिटर दूरी पार गर्दै एपीएफका धावक गोपीचन्द्र पार्कीले कीर्तिमान बनाएका थिए।
असोज ३०, २०७९ आइतबार १०:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।