शताब्दी पुरुष जोशीको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन्। १०३ वर्षको उमेरमा जोशीको आज बिहान ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो।
प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत जोशीको निधनको खबरले निकै दुःखी बनाएको बताएका छन्। देउवाले जोशीको आत्माको चीर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना पनि प्रकट गरेका छन्। जोशीले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैँ सम्झिरहने पनि देउवाले उल्लेख गरेका छन्।
पिसाबमा सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उनलाई पछिल्लो समय डेङ्गु पनि भएको थियो।
जोशीका नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा अनेक विषयका करिब ६ दर्जन जति सिर्जनात्मक, अनुसन्धानात्मक कृति प्रकाशित छन्।
जोशीले विसं २०१३, २०१७ र २०२६ मा गरी तीन पटक मदन पुरस्कार समेत पाएका थिए।
शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु। उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहनेछ।
— Sher Bahadur Deuba (@SherBDeuba) October 16, 2022
उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। pic.twitter.com/bFzDGnDGuG
असोज ३०, २०७९ आइतबार १०:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।