शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं: संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ। १०३ वर्षीय जोशीको ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आज बिहान ७:०९ बजे निधन भएको हो।

मुटुको समस्याबाट पीडित जोशी असोज ७ गते अस्पताल भर्ना भएका थिए। उनलाई निमोनिया र पछिल्लो पटक डेंगु सङ्क्रमण समेत भएको थियो। उनी सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत थिए।

जोशीले हाम्रो लोक संस्कृति पुस्तकका लागि विसं २०१३ र नेपाली राष्ट्रिय मुद्राग्रन्थका लागि २०१७ सालमा गरी दुई पटक मदन पुरस्कार पाएका थिए। यस्तै २०२६ सालमा कर्णाली लोकसंस्कृति पुस्तकका लागि संयुक्त मदन पुरस्कार पाएका थिए।

असोज ३०, २०७९ आइतबार ०८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।