आजको मौसम: नेपालको पूर्वी भू-भागमा मनसुनको सामान्य प्रभाव

आजको मौसम: नेपालको पूर्वी भू-भागमा मनसुनको सामान्य प्रभाव

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। यतिबेला देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

असोज ३०, २०७९ आइतबार ०७:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।