नवौं राष्ट्रिय खेलकुद : टेनिसमा पुरुषतर्फ गण्डकी प्रदेश र महिलामा नेपाली सेना फाइनल प्रवेश

नवौं राष्ट्रिय खेलकुद : टेनिसमा पुरुषतर्फ गण्डकी प्रदेश र महिलामा नेपाली सेना फाइनल प्रवेश

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत टेनिसको टिम इभेन्टतर्फको प्रतिस्पर्धामा पुरुषतर्फ आयोजक गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ।

शनिबार गण्डकी र विभागीय नेपाली सेनाले टोलीले पुरुषतर्फ फाइनलमा स्थान बनाएका हुन्। महिलातर्फ नेपाली सेना र सशस्त्र प्रहरीको एपिएफले फाइनलमा स्थान बनाए।

पोखरा रङ्गशालाको टेनिस कोर्टमा भएको खेलमा टिम इभेन्टको पुरुष सिंगल विधामा गण्डकीका प्रदीप खड्काले सशस्त्रका सन्तोष खत्रीलाई ६–३, ६–३ सेटमा पराजित गरे। यसैगरी गण्डकीका अनिल शाही र सशस्त्रका आयुष्मान घलेबीचको खेलमा ६–१, ६–०  सेटमा शाही विजयी भए।

पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा गण्डकीका आशिष कुमार र सौगात विकेको जोडीले एपिएफका निश्चल श्रीयोगको जोडीमाथि ४–१, ४–२ सेटको जित निकालेपछि गण्डकीले फाइनलमा स्थान बनाउन सफल भएको हो।

यसैगरी पुरुष सिंगलको अर्को खेलमा पुलिसका आर्यन गरीले आर्मीका अकी रावतलाई ६–२, ६–४ को सेटमा पराजित गरे। आर्मीका प्रनभ खनाल र पुलिसका प्रनभ मानन्धरबीचको खेल ६–३, ६–१ को सेटमा खनाल विजयी भए।

पुरुष डबल्सतर्फ आर्मीका प्रनभ र एकीको जोडीले पुलिसका आर्यन र प्रनभको जोडीलाई ६–२,७–६ को सटमा पराजित गरेपछि आर्मीले फाइनलमा स्थान पक्का गरेको हो।

टिम इभेन्टको महिला एकलतर्फको प्रतिस्र्धामा आर्मीका इरा रावत र अभिलासा विष्ट विजयी भए। उनीहरुले क्रमशः पुलिका प्रशंसा मोक्तान र  पुलिसका इसा डोल्लकर गुरुङलाई पराजित गरेका थिए। महिला डबल्सतर्फ पुलिसका आइसा र प्रशंसाको जोडीले आर्मीका इसा श्री र सुभांगीको जोडीलाई पराजित गर्न सफल भए।

महिला एकलतर्फ एपिएफका सुनिरा थापा र सर्भानी श्रेष्ठले विजयी हासिल गरे। डबल्सतर्फ सर्भानी र डिब्नाको जोडीले बागमतीका प्रकृति र रायानाको जोडीलाई पराजित गरेपछि एपिएफ टिम इभेन्टको फाइनलमा प्रवेश गर्न सफल भएको हो।

यसैगरी व्यक्तिगत इभेन्टको पुरुष एकलतर्फ मधेश प्रदेशका राजविर प्रधानले एनआएरएनएका कृष्ण थापालाई पराजित गरी प्रिक्वाटर फाइनलमा प्रवेश गरेका छन्।

पुरुष डबल्सतर्फ एनआरएनएको आरभ र डावाको जोडी, पुलिसका प्रनभ र आर्यनको जोडी, गण्डकीका आशिष र सौगात तथा लुम्बिनीका रितिक र सक्षमको जोडी क्वाटर फाइनलमा प्रवेश गर्न सफल भए। 

यसैगरी महिला डबल्सतर्फ  एपिएफका  सुनिा र सर्भानीको जोडी  तथा बागमतीका प्रकृति र रायानाको जोडी अन्तिम चारमा पुगेको छ। मिक्स डबल्सपतर्m गण्डकीका सौगात विके र श्रीया भट्टराईको जोडी र बागमतीका रोजन र अजयको जोडी क्वाटर फाइनलमा प्रवेश गरेको नेपाल टेनिस संघका कार्यालय प्रमुख प्रविन देवकोटाले जानकारी दिए। 

असोज २९, २०७९ शनिबार २१:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।