प्याराग्लाइडिङमा आर्मीको अग्रता

प्याराग्लाइडिङमा आर्मीको अग्रता

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत भएको प्याराग्लाइडिङ प्रतियोगिताको पहिलो दिन नेपाल आर्मीले अग्रता बनाएको छ।

शनिबार भएको पहिलो चरणको खेलको ४१ किलोमिटरको टाक्सको प्याराग्लाईडिङ क्रस कन्ट्री तर्फको इभेण्टमा नेपाल आर्मीका सुरज थापाले १ हजार अंक ल्याउँदै पहिलो स्थानमा आएको छ।

त्यसैगरी गण्डकी प्रदेशका विजय गौतम ९ सय ४८ अंकका साथ दोश्रो स्थान हासिल गर्दा बागमती प्रदेशका कृष्ण बहादुर सुनुवारले ९ सय २५ अंक बटुल्दै तेश्रो स्थान हासिल गरेका छन्।

त्यसै गरी टिम इभेण्ट तर्फ गण्डकी प्रदेशले २ हजार ५ सय ५६ अंक ल्याउदै अग्र स्थान हासिल गरेको छ भने २ हजार १ सय ४८ अंक बटुल्दै आर्मी दोश्रो स्थान हासिल गरेको छ। तेस्रो स्थानका लागि पनि आर्मीले १ हजार ५ सय ३३ अंक जोडेको छ।

कास्कीको नौडाँडा, पँचासे, मेथ्लाङडाँडा, अर्मला लगायतको टाक्स निर्धारण गरिएको प्रतियोगिताका संयोजक शैलेन्द्र राउतले बताए। उनका अनुसार उक्त प्रतियोगितामा नेपाल आर्मी, एपिएफ, गण्डकी प्रदेश, प्रदेश नम्बर १, बागमती प्रदेश र कर्णाली प्रदेश गरी ६ टिमको सहभागिता रहेको छ।

प्रतियोगितामा ४ राउण्ड मध्य ३ राउण्डलाई मान्यता दिइने भएको छ । प्रतियोगिताहरू सराङकोटको डाँडाबाट उडान भरी खपौदीमा अवतरण गरिएको छ। 

असोज २९, २०७९ शनिबार २१:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।