नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा गण्डकीको जित

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा गण्डकीको जित

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलतर्फ गण्डकी प्रदेशले पहिलो जित हासिल गरेको छ।

शनिबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा प्रदेश नं.१ लाई २–० गोल अन्तरले हराउँदै गण्डकीले विजयी सुरुवात गरेको हो।

गण्डकीको जितमा कमल थापा र जया गुरुङले गोल गरे। जयाले तेस्रो मिनेटमै गोल गरेर गण्डकीलाई अग्रता दिलाउँदा २७औं मिनेटमा कमलले दोस्रो गोल गरे।

पहिलो हाफ २–० ले पछि परेको प्रदेश नं.१ ले सुधारिएको खेल देखाए पनि स्ट्राइक लाइनमा कम्जोर हुँदा खेलमा फर्किन सकेन।

असोज २९, २०७९ शनिबार २१:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।