एकै दिन उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने १४०६ चालक कारबाहीमा

काठमाडौं : ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने १४ सय ७ जना चालकलाई कारबाही गरेको छ।
नम्बर प्लेट स्पष्ट नभएका ४ सय ४६, नम्बर प्लेट आकाशतिर फर्काउने ७ जना, दिउँसै मापसे गरी सवारी साधन चलाउने ४ जनालाई कारबाही गरिएको काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
यस्तै, तीव्रगतिमा सवारी चलाउने १५५ जना, अनावश्यक हर्न बजाउने ५ जना र ठूलो आवाज निकाल्ने २ ओटा मोटरसाइकलका चालकलाई प्रहरीले कारबाही गरेको हो।
त्यस्तै चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ७ सय ८८ जना चालक पनि कारबाहीमा परेका छन्।
स्पष्ट रूपमा नम्बरहरू नदेखिने र मापदण्ड अनुसार नम्बर प्लेट नराख्ने सवारी साधनको चेकजाँच अभियानलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबारदेखि तीव्रता दिएको छ।
असोज २९, २०७९ शनिबार १९:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।