समानुपातिकतर्फको मतपत्र छपाइ सकियाे, १८ जिल्लामा ढुवानी पनि

समानुपातिकतर्फको मतपत्र छपाइ सकियाे, १८ जिल्लामा ढुवानी पनि

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ।

प्रतिनिधि सभातर्फको समानुपातिक प्रणालीका लागि २ करोड ४ लाख २१ हजार र सातवटै प्रदेशका लागि समानुपातिकतर्फको २ करोड १ लाख ८४ हजार मतपत्रको छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि १८ जिल्लाको मतपत्र ढुवानी गरिएको छ।

हालसम्म खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा मतपत्र ढुवानी भएको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि शनिबारसम्म १७ लाख मतपत्र छपाइ भएको छ।

असोज २९, २०७९ शनिबार १७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।