मन्त्रीद्वय थापा र चौधरीले मात्र फिर्ता गरे सरकारी सवारी

काठमाडौं : शहरी विकास मन्त्री मेटमणि चौधरीले प्रयोग गर्दै आएको सरकारी सवारी फिर्ता गरेका छन्।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै मन्त्री चौधरीले आफू चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका हुन्।
निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले मन्त्री चौधरीले शुक्रबारदेखि लु ३ च ३१४ नम्बरको स्कर्पियो प्रयोग गरेको उनका प्रेस संयोजक सूर्य विसीले जानकारी दिए।
यसअघि गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पनि सरकारी सवारी फिर्ता गरेका छन्। त्यसबाहेक कुनै पनि मन्त्रीले सरकारी सवारी फिर्ता गरेका छैनन्।
असोज २९, २०७९ शनिबार १६:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।