लाकुरीभञ्याङमा ओली : हिमाल हेरे, पिङ खेले अनि घोषणापत्र बनाउन थाले (फाेटाेफिचर)

काठमाडौं : पार्टीको चुनावी घोषणापत्र तयारीका क्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार ललितपुरको लाकुरीभञ्ज्याङ पुगेका छन्।
घोषणापत्रमा प्राप्त सुझावहरूसहित अध्यक्ष ओली र नेताहरू छलफलका लागि द टेरेसेस रिसोर्टमा पुगेका हुन्। रिसोर्टबाट उनले हिमालको दृश्यावलोकन गर्नुका साथै पिङ पनि खेलेका छन्।
ओलीसँगै महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवाली लगायतका विज्ञ समेत लाकुरीभञ्ज्याङ पुगेका हुन्।
असोज २९, २०७९ शनिबार १६:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।