थप ३० हजारभन्दा बढिलाई कोरोनाविरुद्धको खोप, ५२ नयाँ संक्रमिथ थपिए

थप ३० हजारभन्दा बढिलाई कोरोनाविरुद्धको खोप, ५२ नयाँ संक्रमिथ थपिए

काठमाडौं : नेपालमा थप ३० हजारभन्दा बढिलाई कोरोनाविरुद्धको खोप लगाइएको छ।

पछिल्लो २४ घण्टामा ३० हजार ८७६ जनालाई खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अुनसार सो अवधिमा १ हजार ७६३ जनामा परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको छ।

१६ जना संक्रमणमुक्त हुँदा देशभर ६६७ जना कोरोनाका सक्रिय संक्रमित छन्।

असोज २९, २०७९ शनिबार १५:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।