
‘लौरो’ सहित तीन निर्वाचन चिन्हमा हेरफेर

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्धारित चिह्न मध्ये हाम्रो नेपाल पार्टीको ‘लौरो’सहित तीन वटा निर्वाचन चिह्नमा सामान्य हेरफेर गरेको छ।
आयोगको असोज २७ गतेको निर्णयअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्यको निर्वाचन निर्देशिका, २०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी ‘लौरो’सहित स्वतन्त्र उम्मेदवारको निर्वाचन चिह्न अन्तर्गत डोजर र क्रस खुकुरीको अनुसूचीमा रहेको आकारमा हेरफेर गरिएको हो। चिन्ह भने उही रहेको छ।
आयोगको अभिलेखमा रहेको निर्वाचन चिह्नको नाम र चिह्नमा केही भिन्नता देखिएको तथा आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले हेरफेर गरिएको प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए।
परिवर्तन भएका चिन्ह:
असोज २९, २०७९ शनिबार १४:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।