
सात प्रदेशमा संयुक्त भेला गर्दै सत्ता गठबन्धन, कांग्रेसको भागमा तीनवटा समन्वयकाे जिम्मा

काठमाडौं : सत्तारुढ गठबन्धनमा सहभागी दलहरूले देशका सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको गठबन्धनले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।
कात्तिक ४ गते पोखरामा हुने संयुक्त भेलाको समन्वय एकीकृत समाजवादीले गर्नेछ भने ४ गते नै बुटवलमा, ५ गते विराटनगर र जनकपुरमा तथा ६ गते सुर्खेतमा हुने भेलाको कांग्रेसले समन्वय गर्नेछ।
माओवादीको भागमा ६ गते धनगढीको सभा र ७ गते काठमाडौंमा हुने प्रदेशस्तरीय संयुक्त भेलाको समन्वयको जिम्मा पाएको छ।
असोज २९, २०७९ शनिबार १४:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।