शहरी विकासमन्त्री चौधरीले फिर्ता गरे सरकारी गाडी

शहरी विकासमन्त्री चौधरीले फिर्ता गरे सरकारी गाडी

लमही: शहरी विकासमन्त्री मेटमणि चौधरीले आफूले चढ्दै आएको सरकारी गाडी फिर्ता गरेका छन्। निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना गर्दै बा२झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका हुन्।

निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचारसंहित अनुरूप मन्त्री चौधरीले शुक्रबारदेखि लु३च ३१४ नम्बरको स्कर्पियो प्रयोग गरेको प्रेस संयोजक सूर्य विसीले जानकारी दिए।

असोज २९, २०७९ शनिबार १२:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।