
शुक्रबार ०२ साउन, २०८२
घरको भित्तामा मोटरसाइकल ठोकिँदा सर्लाहीका मोहनको मृत्यु

काठमाडौं: ललितपुरको महालक्ष्मी नगरपालिका- ८ लुभुमा गए राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही घर भएका २६ वर्षीय मोहनबाबु खत्री रहेका छन्।
गम्भीर घाइते भएका खत्रीको उपचारका क्रममा किष्ट अस्पताल ईमाडोलमा राति नै मृत्यु भएको हो। ईमाडोलबाट लुभुतर्फ जाँदै गरेको बा९३प ८९० नम्बरको मोटरसाइकल गए राति २ बजे अनियन्त्रित भई घरको भित्तामा ठोकिएको प्रहरी प्रभाग लुभु ललितपुरले जनाएको छ।
असोज २९, २०७९ शनिबार १२:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।