गोलबजारबाट हराएका युवाको शव विराटनगरको गेष्ट हाउसको पलङभित्र फेला

गोलबजारबाट हराएका युवाको शव विराटनगरको गेष्ट हाउसको पलङभित्र फेला

काठमाडौं: सिरहाको गोलबजारबाट केही दिनअगाडि हराएका एक युवकको शव विराटनगरको गेष्ट हाउसमा फेला परेको छ।विराटनगरको बसपार्कमा रहेको न्यू अप्सरा गेष्ट हाउसमा युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शाान्तिराज कोइरालाले जानकारी दिए।

सिरहाको गोलबजार नगरपालिका–३ का १८ वर्षीय युवक अंशु सदायको शव गेष्ट हाउसभित्रको कोठामा रहेको बक्स पलङभित्र फेला परेको हो।

असोज २६ गते गेष्ट हाउसमा प्रवेश भएको देखिएको र सिरहाबाट अपहरण गरेको प्रहरी निरीक्षक कोइरालाले आशङ्का व्यक्त गरे।

प्रहरीले उक्त हत्या घटनामा संलग्न भएको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएको छ।

असोज २९, २०७९ शनिबार ११:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।