नेपालमा मनसुनको प्रभाव कमजोर, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षाको सम्भावना

नेपालमा मनसुनको प्रभाव कमजोर, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं: नेपालमा मनसुन कमजोर भएको छ। मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान गर्दै हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको जनाएको हो।

यतिबेला कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

असोज २९, २०७९ शनिबार ०७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।