काठमाडौंमै गठबन्धन काम लागेन, क्षेत्र १० र ३ मा काङ्ग्रेस-माओवादी भिड्दै

काठमाडौं : देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमै तालमेलको दाबी गरेको सत्तारूढ दलबिच काठमाडौंमै सहमति पालना हुन सकेन।
माओवादीले प्रतिनिधि सभामा कांग्रेसको भागको सिटमा उम्मेदवारी दियो। कांग्रेसले माओवादीको भागको प्रदेश सभामा।
सिट बाँडफाँटमा माओवादी केन्द्रले प्रतिनिधिसभा काठमाडौँको २, ७ र ९ पाएको थियो। उसको तर्फबाट ३ र १० मा उम्मेदवारी पर्यो। ३ र १० को प्रतिनिधि सभा कांग्रेसले पाएको थियो।
प्रदेशमा माओवादीले क्षेत्र नम्बर ३ को ख, ६ को ख र १० को क पाएको थियो। यी तीनै सिटमा कांग्रेसको उम्मेदवारी पर्यो।
एकीकृत समाजवादीले पाएको काठमाडौं ५ को ख मा पनि कांग्रेसबाट उम्मेदवारी परेको छ।
असोज २९, २०७९ शनिबार ०२:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।