नेतृत्त्वमा युवापुस्ता आए पनि नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्दैन : डा. स्वर्णिम वाग्ले

नेतृत्त्वमा युवापुस्ता आए पनि नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्दैन : डा. स्वर्णिम वाग्ले

काठमाडौं : अर्थविद् डा. स्वर्णिम वाग्लेले युवा पुस्ताले मुलुकको नेतृत्व गरे पनि नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसक्ने बताएका छन्।

वाग्लेले नेपाल सिंगापुर र स्वीट्जरल्याण्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको हिसावले श्रीलंकाको अवस्थामा पुर्याउन सकिने बताएका छन्।

नेपालमा अबको तीन–चार वर्षमा पञ्चायत र राजतन्त्र फाल्नुपर्छ भनेर आन्दोलन गर्ने नेतृत्व विस्थापित भइ युवा पुस्ताले नेतृत्व पाउने उनको विश्वास छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरूले लिने अतिरिक्त सुविधाले समस्या आएको बताए। गोल्छाले पछिल्लो समय अर्थतन्त्र संकटमा रहेको अवस्थामा समेत संकटलाई बैंकले अवसरको रूपमा लिएको दावी गरे।

उनले राष्ट्र बैंकको मौद्रिक नीतिले नै बैंकको ब्याजदर बढ्दा समस्या उत्पन्न भएको तर्क गरे।

असोज २८, २०७९ शुक्रबार २२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।