एमालेले ताेड्याे कांग्रेस (वीपी)सँगकाे तालमेल

एमालेले ताेड्याे कांग्रेस (वीपी)सँगकाे तालमेल

काठमाडौं : एमाले डडेल्धुराले नेपाली कांग्रेस(वीपी)सँगको चुनावी तालमेल तोडेको छ।

सहमतिविपरीत वीपी कांग्रेसले डडेल्धुराको प्रदेश निर्वाचन क्षेत्र २ मा आफ्ना उमेदवारलाई नभई स्वतन्त्र उमेदवारलाई समर्थन गरेको भन्दै एमालेले चुनावी तालमेल भङ्ग गरेको हो।

शुक्रबार बसेको एमाले जिल्ला कमिटीको बैठकले वीपी कांग्रेसले प्रदेशसभा २ मा स्वतन्त्र उमेदवारसँग तालमेल गर्ने निर्णय गरेपछि सहमति भङ्ग गरेको हो।

जिल्ला अध्यक्ष प्रकाशबहादुर साउँद र सचिव गजेन्द्र शाहीले जारी गरेको विज्ञप्तिमा एमाले एकल रूपमा चुनावमा जाने पनि उल्लेख छ।

यसअघि वीपी कांग्रेससँग तालमेल गर्नकै लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले डडेल्धुरामा प्रतिनिधिसभातर्फ उमेदवारी दर्ता गराएका चक्रप्रसाद स्नेहीको उमेदवारी फिर्ता गराएका थिए।

डडेल्धुरामा प्रतिनिधि सभातर्फ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ८ जना उमेदवार छन्।

असोज २८, २०७९ शुक्रबार २२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।