सत्यमोहन जोशीको स्वास्थ्यबारे अस्पतालले भन्यो, ‘औषधिले काम गरेन, प्राथना गर्नुस्’

सत्यमोहन जोशीको स्वास्थ्यबारे अस्पतालले भन्यो, ‘औषधिले काम गरेन, प्राथना गर्नुस्’

काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक भएकाे छ।

किष्ट अस्पतालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उनलाई पुरानो रोगले ग्रसित पारेकाले औषधि चलाए पनि काम नगरेकाे उल्लेख गरिएकाे छ।

अस्पतालले उनकाे स्वास्थ्य अवस्था सुधार नभएकाे र चिन्ताजनक रहेकाे भन्दै सम्पूर्ण जनतालाई प्राथना गर्न आग्रह गरेकाे छ।

शुक्रबारदेखि एल्बुमिन रिप्लेसमेन्ट गर्न उहाँलाई औषधि चलाइएको अस्पतालले जनाएको छ। निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेंगु संक्रमण देखिएपछि जोशी २२ दिनदेखि उपचारत हुनुहुन्छ।

असोज २८, २०७९ शुक्रबार २०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।