काठमाडाैं महानगरले गाडा खाेसेकी शर्मिलालाई धरानका मेयरले एक महिनाकाे तलब दिने

काठमाडौं : काठमाडौं महानगरपालिकाले ठेलागाडा खोसेपछि अलपत्र परेकी शर्मिला तामाङलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने घोषणा गरेका छन्।
मेयर बालेन्द्र शाहको आदेशमा नगर प्रहरी प्रमुख राजु पाण्डेले थापाथलीबाट शर्मिलाको ठेलागाडाका सामान फाल्नुका साथै गाडा लिएर गएका थिए।
शर्मिलाले गाडा समातेर रोइरहेको फोटो र भिडिओ भाइरल भइरहेको बेला हर्कले फेसबुकमा फोटो शेयर गर्दै भनेका छन्– ‘यी बैनी को हुन्? यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु, जय मान्छे।’
असोज २८, २०७९ शुक्रबार २०:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।