सरकारले मंसिर मसान्तसम्म चार वस्तुको आयातमा प्रतिबन्ध लगाउने

सरकारले मंसिर मसान्तसम्म चार वस्तुको आयातमा प्रतिबन्ध लगाउने

काठमाडौं : सरकारले असोज २८ गतेसम्म पूर्ण प्रतिबन्ध लगाइएका चार वस्तुको आयातलाई मंसिर मसान्त सम्म निरन्तरता दिने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलेको प्रस्तावमा चार वस्तुको आयातमा लाग्दै आएको प्रतिबन्धलाई मंसिर मसान्तसम्म पुर्याउने निर्णय गरेको हो।

विदेशी मदिरा, ३ सय डलरभन्दा बढिको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल र जीप कार भ्यान आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो।

सरकारले विदेशी मुद्राको सञ्चिति घट्दै गएको भन्दै वैशाख १३ गते राजपत्रमा सुचना प्रकाशित गरी १० वस्तुको आयात प्रतिबन्ध लगाएको थियो। जसमा ६ वस्तुमा प्रतिबन्ध हटिसकेको छ।

असोज २८, २०७९ शुक्रबार १७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।