४२ काेराेना संक्रमित थपिँदा २६ जनालाई निकाे

४२ काेराेना संक्रमित थपिँदा २६ जनालाई निकाे

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ६९ जनाको नमूना परीक्षण भएकोमा ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शुक्रबार २६ जना संक्रमणमुक्त हुँदा देशभर ६ सय ३८ जना सक्रिय संक्रमित छन्।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

असोज २८, २०७९ शुक्रबार १७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।