राैतहट-३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह एमालेबाट निष्कासित

राैतहट-३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह एमालेबाट निष्कासित
तस्बिर: ईमेजखबर

काठमाडौं : एमाले स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश सह-इन्चार्ज प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ।

महासचिव शंकर पोखरेलले परिपत्र जारी गर्दै पार्टीबाट निष्कासन गरेको जनाइएको छ।

प्रभु साहले प्रतिनिधि सभातर्फ रौतहट–३ बाट स्वतन्त्र उमेदवारी दिएका छन्।

रौतहट जिल्ला इन्चार्ज उपेन्द्र शाह र सह–इन्चार्ज कुन्दनप्रसाद कुशवाहलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको परिपत्रमा उल्लेख गरीएको छ।

असोज २८, २०७९ शुक्रबार १७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।