स्रोत नखुलेको १० लाख रूपैयाँसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको १० लाख रूपैयाँसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार रूपैयाँ सहित भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ५० वर्षीय मोहद् तसलिम रहेका छन्। उनलाई बिहीबार विहान प्रहरीले पक्राउ गरेको हो।

बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलको आन्तरिक उडानतर्फको ह्याधण्ड ब्यागेज चेकिङ एरियाको एक्स–रे मेसिनमा जाँच गर्ने क्रममा स्रोत नखुलेको तथा भन्सार उद्‌घोष नगरेको नेपाली रूपैयाँ १ हजार दरको ८ सय १६ थान र ५ सय दरको ५ सय ८ थान गरी उक्त नगद फेला पारी पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ।

असोज २८, २०७९ शुक्रबार १५:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।