उम्मेदवारी खारेज भएपछि बुवा, दाइसहित समर्थकहरूद्वारा निर्वाचन अधिकृतको कार्यालयअगाडि धर्ना

बुटवल: हाम्रो नेपाली जनता पार्टीका उम्मेदवार डा. कमल भुसाल (निकोलस) को उम्मेदवारी खारेज भएपछि उनका समर्थकहरू रुपन्देही–२ को निर्वाचन अधिकृतको कार्यालयअगाडि धर्ना बसेका छन्। निर्वाचन कार्यालयले गलत निर्णय गरेको भन्दै पार्टीका उम्मेदवार निकोलसका समर्थकहरूले निर्वाचन अधिकृतको कार्यालय रहेको बुटवल उपमहानगरपालिकाको पुरानो भवनकोे गेटमा शुक्रबार धर्ना दिएका हुन्।
निकोलसका बुवा तुलसीकुमार भुसाल, उनका दाजु सागर भुसाल लगायतका समर्थक विभिन्न प्लेकार्ड प्रदर्शन गर्दै धर्नामा बसेका छन्।
उनीहरूले ‘निर्वाचन अधिकृत हो की आदेश पालक?', 'निर्वाचन आयोग जनताको उम्मेदवार खै?‘, 'रातारात हस्ताक्षर चोरी, राज्य संयन्त्रमा कहाँबाट आयो घुसखोरी?’ लगायतका नाराहरू लेखिएका प्लेकार्ड प्रदर्शन गरिरहेका छन्।
कार्यालयले आफ्नो कार्यातालिकाअनुसार नै असोज २५ गते बदर भएका उम्मेदवार बाहेकको अन्तिम नामावली प्रकाशन गरिसकेको छ।
असोज २८, २०७९ शुक्रबार १४:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।