
कालीकोटको बाढीपहिरोले परेर १७ जना अझै बेपत्ता, हालसम्म ६ जनाको शव भेटियो

काठमाडौं: कालीकोटको बाढीपहिरोमा परी अझै १७ जना बेपत्ता रहेका छन्। हालसम्म २३ जना बेपत्तामध्ये ६ जनाको शव भेटिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा पुरिएका थप दुई जनाको शव बिहीबार भेटिएको छ। आइतबार पहिरोमा पुरिएका तिलागुफा नगरपालिका– ७ वालीका ध्रुवराज विष्ट र उनकी छोरीको शव प्रहरीले पहिरोबाट निकालेको जनाएको छ।
विष्टको परिवारका पाँच जना पहिरामा पुरिएर बेपत्ता भएका छन्। तीमध्ये बिहीबार प्रहरीले ध्रुवराज विष्ट र उनकी छोरी ज्यानी विष्टको शव भेटाएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुभराज बमले बताए।
तिलागुफा नगरपालिका–४ राँचुली गाउँका मलामी गएका १३ जना अझै हराइरहेको सूचना अधिकारी बमले जानकारी दिए।
असोज २८, २०७९ शुक्रबार १४:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।