तोलामा एक सयले घट्यो सुनको मूल्य, चाँदी तोलामा पाँच रुपैयाँले घट्यो

तोलामा एक सयले घट्यो सुनको मूल्य, चाँदी तोलामा पाँच रुपैयाँले घट्यो

काठमाडौं: नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आज सुन तोलामा एक सय रुपैयाँले र चाँदी तोलामा पाँच रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १०० कायम भएको छ। यस्तै तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ६०० रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले घट्दै तोलामा एक हजार १८५ रुपैयाँ कायम भएको महासङ्घले  जनाएको छ।

असोज २८, २०७९ शुक्रबार १२:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।