धनगढी र नेपालगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना चालकको मृत्यु

काठमाडौं: कैलालीको धनगढी उपमहानगरपालिका- १३ कैलालीगाँउमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय दुर्गा ओझा रहेका छन्।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो। आज बिहान साढे ३ बजे से६प ३९३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट नालामा खसेको जिल्ला प्रहरी काार्यालय कैलालीले जनाएको छ।
यस्तै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका- १७ परस्पुरमा गए राति मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेकै जानकी गाउँपालिका- १ का २५ वर्षीय राजेश यादव रहेका छन्।
नेपालगञ्जबाट घरतर्फ जाँदै गरेका यादवले चलाएको अनटेष्ट मोटरसाइकल गए राति पौने १० बजे अनियन्त्रित भई पल्टिएको प्रहरी चौकी सााईगाउँ बाँकेले जनाएको छ।
असोज २८, २०७९ शुक्रबार ११:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।